back
CTIZAN AD

सेयर बजारमा झिनो अंकको करेक्सन, बैकिङ्ग क्षेत्रमा भने उत्साह कायमै

वि.सं.२०८० साउन ४ बिहीवार

774 

shares

काठमाडौं । लगातारको बृद्धिपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको करेक्सन भएको छ । बिहीबार १.३१ अंकले बजार घटेको छ ।

बिहीबार करेक्सनका बीच कारोबार रकममा पनि केही गिरावट आएको छ । ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब पाँच करोड ४१ लाखमा कारोबार रकम सीमित भएको छ ।

यसअघि बुधबार ११.१७ अंकले बढेको बजारमा कारोबार रकम पनि तीन अर्ब २८ करोड माथि थियो ।

बजारमा सामान्य करेक्सन आएपनि बैकिङ्ग क्षेत्रमा भने उत्साह कायमै देखिएको छ । नेप्सेका अधिकांश सूचकहरु राताम्मे हुँदा वाणिज्य बैंक र विकास बैंक उपसमूहमा हरियाली देखियो । बैंकसँगै जलविद्युत, उद्योग र व्यापार उपसमूहमा पनि सकारात्मक परिवर्तन देखियो ।

बिहीबार कारोबारका आधारमा सबैभन्दा धेरै बैकिङ्ग क्षेत्रकै सेयर खरिद–बिक्री भएका थिए । कुमारी बैंक, प्रभु, ग्लोबल आइएमई, ज्योति विकास, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकलगायतको सेयर सर्वाधिक बढी खरिद–बिक्री भएको थियो । कारोबार रकमको आधारमा भने सिबम्, सोल्टी होटेल, हिमालयन लाइफ, ज्योति विकास र नविल शीर्ष रहेका थिए ।

बजारमा सामान्य करेक्सन आउँदा पनि विशाल बजार, लिबर्टी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने उपर हेवाखोला, बोटर्स नेपाल, डेल्टी पावर कम्पनीलगायतका कम्पनीको मूल्यमा उच्च बृद्धि भएको छ ।

बिहीबार सिटिजन मिच्यूअल फण्ड, कुमारी इक्वीटी फण्डको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने एनआइसी एसिया फेल्क्सी क्याप फण्ड, मेगा मिच्यूअल फण्डको मूल्यमा उच्च अंकले गिरावट आयो ।

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजार घटेको अनुमान गर्न सकिन्छ ।

वि.सं.२०८० साउन ४ बिहीवार १५:१९ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...