back
CTIZAN AD

पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता

वि.सं.२०८० साउन ५ शुक्रवार

1.4K 

shares

विरगन्ज ।  पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो ।

आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९/८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो ।

विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

आव २०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ । ती शीर्षकबाट आव २०७९/८० मा रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।

उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उद्यमी थपिएका छन् भने तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिला गरी चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ । आव २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत तीन सय ६२ पुरुष र ९८ महिला गरी चार सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए ।

यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन् । गत आव २०७४/७५ देखि आव २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ ।

गत आव २०७४/७५ देखि आव २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट रु छ करोड ९७ लाख ९२ हजार सात सय ८० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सिंहले बताए ।

वि.सं.२०८० साउन ५ शुक्रवार ११:५१ मा प्रकाशित

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

राजविराज र बोदेबरसाइनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन...

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...