back
CTIZAN AD

नयाँ माैद्रिक नीतिप्रति अर्थमन्त्री सकारात्मक, भन्छन्– अब अर्थतन्त्र चलायमान बन्छ

वि.सं.२०८० साउन ८ सोमवार

738 

shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी गरे।

आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताउँदै उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उल्लेख गरे। उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको बताए।

अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबी गर्दै अर्थ मन्त्री महतले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए।

‘मैले पटकपटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलोपन ल्याउनुपर्छ भन्दै आएको थिएँ। मौद्रिक नीति खुकुलो आएको छ। अरु पनि केही पहल भएका छन्। त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ। ब्याजदर कम भएर जान्छ। लगानीको वातावरण सहज बनाउँछ,’ उनले भने।

अर्थमन्त्री महतले सुन ल्याएको सूचना दिनेलाई आफूले पुरस्कारको व्यवस्था गरेका कारण सय किलो सुन पक्राउ परेको दाबी समेत गरे। मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए।

वि.सं.२०८० साउन ८ सोमवार १२:३० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...