back
CTIZAN AD

कांग्रेस बैठक : सभापति र महामन्त्रीले जवाफ दिने

वि.सं.२०८० साउन ८ सोमवार

996 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकको पाँचौं दिन आज पार्टी सभापति र महामन्त्रीद्वयले जवाफ दिने कार्यक्रम छ । केन्द्रीय सदस्यहरुले राखेको प्रश्नको जवाफ सभापति र महामन्त्रीद्वयले दिने कार्यक्रम छ ।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीद्वले वार्षिक कार्ययोजना र १० बुँदे एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि निकै प्रश्नहरु उठाइएको छ भने सभापति शेरबहादुर देउवाको पनि आलोचना भएको छ ।

यसअघि महामन्त्रीद्वयकै पक्षमा देखिएका नेताहरुले पनि महामन्त्रीद्वयको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । विशेषगरी संसदीय दलको नेताको विकल्प खोज्छौं भन्ने महामन्त्री थापाको भनाईको निकै आलोचना भएको छ । महामन्त्रीद्वयमाथि सभापतिलाई असहयोग गरेको, पार्टीलाई एकढिक्का बनाउने भन्दा गुटगट शैली अपनाएको जस्ता आरोप लगाएका छन् ।

कतिपय सदस्यले महामन्त्रीद्वयले राखेको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन् । प्रस्तुत प्रतिवेदन राजनीतिक खालको नभएको उनीहरुको टिप्पणी छ ।

यता, सभापति देउवामाथि पार्टी सञ्चालन विधि विधानअनुसार नगरेको आरोप लागेको छ । पार्टीभित्र मनमौजी गरिएको, भातृ संगठन भद्रगोल पारिएको जस्ता आरोप देउवामाथि लगाइएको छ ।

कतिपयले बैठकलाई फेसबुक लाइभमार्फत देखाएको विषयमा पनि आलोचना गरेका छन् ।

वि.सं.२०८० साउन ८ सोमवार १२:१८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...