back

कांग्रेस बैठक : सभापति र महामन्त्रीले जवाफ दिने

वि.सं.२०८० साउन ८ सोमवार

45 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकको पाँचौं दिन आज पार्टी सभापति र महामन्त्रीद्वयले जवाफ दिने कार्यक्रम छ । केन्द्रीय सदस्यहरुले राखेको प्रश्नको जवाफ सभापति र महामन्त्रीद्वयले दिने कार्यक्रम छ ।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीद्वले वार्षिक कार्ययोजना र १० बुँदे एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि निकै प्रश्नहरु उठाइएको छ भने सभापति शेरबहादुर देउवाको पनि आलोचना भएको छ ।

यसअघि महामन्त्रीद्वयकै पक्षमा देखिएका नेताहरुले पनि महामन्त्रीद्वयको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । विशेषगरी संसदीय दलको नेताको विकल्प खोज्छौं भन्ने महामन्त्री थापाको भनाईको निकै आलोचना भएको छ । महामन्त्रीद्वयमाथि सभापतिलाई असहयोग गरेको, पार्टीलाई एकढिक्का बनाउने भन्दा गुटगट शैली अपनाएको जस्ता आरोप लगाएका छन् ।

कतिपय सदस्यले महामन्त्रीद्वयले राखेको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन् । प्रस्तुत प्रतिवेदन राजनीतिक खालको नभएको उनीहरुको टिप्पणी छ ।

यता, सभापति देउवामाथि पार्टी सञ्चालन विधि विधानअनुसार नगरेको आरोप लागेको छ । पार्टीभित्र मनमौजी गरिएको, भातृ संगठन भद्रगोल पारिएको जस्ता आरोप देउवामाथि लगाइएको छ ।

कतिपयले बैठकलाई फेसबुक लाइभमार्फत देखाएको विषयमा पनि आलोचना गरेका छन् ।

वि.सं.२०८० साउन ८ सोमवार १२:१८ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की...