back
CTIZAN AD

सुदूरपश्चिममा पाँच हजार ५२४ जना एचआइभी एड्स सङ्क्रमित

वि.सं.२०७४ वैशाख ७ बिहीवार

1K 

shares

७ चैत, भीमदत्तनगर । राष्ट्रिय मानव अधिकार आयोगले देशको अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या अधिक रहेको जनाएको छ ।

बुधबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘सुदूरपश्चिममा एचआइभी एड्स र मानवअधिकार’ विषयक दुईदिने क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढिरहेको बताउनुभयो ।

उहाँले सङ्क्रमण न्यूनीकरणका लागि सबैको सहकार्य तथा निरन्तर अनुगमन आवश्यक रहेको पनि औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घका क्षेत्रीय सहजकर्ता सरिता श्रेष्ठले सुदूरपश्चिममा पाँच हजार ५२४ जना एचआइभी एड्स सङ्क्रमित रहेको बताउनुभयो ।

उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा सङ्क्रमितको सङ्ख्या अन्य जिल्लाको तुलनामा कैलाली र अछाममा बढिरहेको उल्लेख छ ।

कैलालीमा दुई हजार ५१ सङ्क्रमित, अछाममा एक हजार ५९८, कञ्चनपुरमा ३४१, बैतडीमा १८७, डडेल्धुरामा ९८, बझाङमा ११५, डोटीमा एक हजार, बाजुरामा १०३ र दार्चुलामा ३१ जना एचआइभी सङ्क्रमित रहेका छन् ।

वि.सं.२०७४ वैशाख ७ बिहीवार ०३:२३ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...