हरियाली र स्वच्छ वातावरण अभियानमा एक्लै भिड्दै आएका छन्, निपेश ढाका । जर्मनीमा अध्ययन पछि स्वदेशमै केही गरु भन्ने उद्देश्यले फर्किएका ढाका पर्यावरण बचाउने अभियानमा लागेका छन् । उनले त्रिुभुवन विश्वविद्यालय परिसरमा फालिएका फोहर संकलन गरी सबैमा वातावरण बचाउने सन्देश दिन सफल भएका छन् । दुईवर्ष अघि ३६५ जना कलाकारहरुको समूहिक स्वरमा शब्द तथा संगीतमा पर्यावरणीय जनचेतनामूलक गीत रेकर्ड गराएका छन् । उनले आफूले प्रयोग गर्दै आएको मोटरसाइकलको नाममा लेखेको यो प्रेमपत्र उनकै फेसबुक स्टाटसबाट लिइएको हो ।
मेरो प्रिय
मिलानकोली,
सयौ सष्टाहरु, सयौ व्यत्तित्वहरुसँग भेट गराउने प्राय बागमति अञ्चलका कुना कन्दरा घुमाउने, मलाई कहिल्यै पनि दुःख नदिने, सुरक्षित यात्रा गराउने तिम्रो र मेरो सहकार्य भएको पनि आज ३ बर्षको भएछ । तिमीले रिर्जभ मागेको बेला तेल भरिदिने, नुहाउन मन लागेको बेला नुहाईदिने र समयमा सभिैसीङ गराईदिने प्रतिबद्धता पनि जनाउँछु ।
अस्तिमात्र घण्टौ लाईनमा बसेर तिम्रो कर तिरैकै हो । तिम्रो विमा गर्न नसकेनि तेश्रो विमा गरेकै छु । सरकारको दिमागमा पो बल्ल घुस्यो धरोधर्म तिमीलाई थाहा छ ३ बर्षमा मैले तिम्रो हर्न कहिल्यै पनि बजाएको छैन यसको लागी माफी चाहन्छु । अहिले सम्म कुनै टाफिक नियम उल्लगन गरेको छैन । जाममा स्टार्ट बन्द गरेर बस्ने गरेको छु । मापसे त मैले जानेकै छैन । यसमा तिमीले गर्व गर्नुपर्दछ । कहिल्यै पनि लाईसन्स र विलवुक साथमा छुटाएको छैन । आपतमा परेका मान्छेहरुलाई लिप्ट दिने गरेको छु तिमीले संकोच मान्नु पर्दैन । कहिले काहिं उदारणको लागी म रत्नर्पाक बाट बालाजु निश्चित गन्तव्यमा पुग्नु छ भने वालाजु जाने सवारी कुरी राखेका रत्नपार्कका यात्रुहरुलाई बालाजु कता हो भनेर सोध्छु र म त्यँहि जान्छु भन्ने यात्रुलाई लगिदिन्छु यसको लागी तिमीलाई दुःख भए क्षमा चाहन्छु ।
काठमाडौको धुँवा र धुलो अनि हिलोमा तिमीसँगको साथ म रमाएको छु । किनकी हाम्रो देश सवृद नेपाल बन्दै छ । बाटो चिल्लो सफा र ४, ५ गिएरमा कुद्ने भएपछि तिमी आँफैले नै थाहा पाउने छौ । मेरो यो जिन्दगीको महत्वपुर्ण मोडमा तिम्रो साथ म कहिल्यै पनि भुल्ने छैन । तिम्रो जतन म सदैभ गरिरहने छु, तिमी सँगको यात्रा सँधै सुरक्षित होस भन्ने मेरो कामना । सँधै तिमीलाई मेरो मिलानकोली बाईकको नामले बोलाईरहन पाउँ ।
तिम्रो साथी
निपेश ढाका
बैशाष ७, २०७४

वि.सं.२०७४ वैशाख ७ बिहीवार ०७:२१ मा प्रकाशित
























