back
CTIZAN AD

जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

वि.सं.२०७४ वैशाख ७ बिहीवार

951 

shares

७ वैशाख,बाबियाचौर, म्याग्दी। म्याग्दीका वृद्धवृद्धाले चालु आवको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।

सरकारले प्रत्येक चारचार महिनामा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता निकासा हुन ढिलाइ हुँदा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । माघमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिकाबाहेकको स्थानीय निकायमा निकासा हुन सकेको छैन ।

भत्ता रकम समयमा नपाएका कारण वृद्धवृद्धाले गाउँपालिकाको वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । स्थानीय तहको पुनःसंरचना अनुसार जिल्ला समन्वय समिति र गाउँपालिकाको खाता सञ्चालन गर्न ढिलाइ गर्दा लक्षित समुदाय सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।

गत माघ १५ गतेभित्र वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता तत्कालीन जिल्ला विकास समितिको ढिलासुस्तीका कारण अहिलेसम्म पाउन नसकेको ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अघि बढाउन र आसन्न निर्वाचनमा मतदान केन्द्रलाई ज्येष्ठ नागरिकमैत्री बनाउन समाजले सम्बन्धित निकायसँग माग गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका सचिव कुलप्रसाद आचार्यले पुनःसंरचना र नयाँ खाता सञ्चालनमा भएको ढिलाइले सामाजिक सुरक्षा भत्ता वितरण, विकास योजना र कार्यक्रमको रकम भुक्तानीको काम प्रभावित भएको बताउनुभयो ।

गाउँमा जाँदा ज्येष्ठ नागरिकले शङ्का र गुनासो गरेको बताउनुभयो । जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा भत्तासम्बन्धी फोकल पर्सन राजेन्द्र आचार्यले साविकको गाविस कार्यालयको खातामा सामाजिक सुरक्षा भत्ताको रकम पठाउने तयारी भएको अवस्थामा रघुगङ्गा र धौलागिरि गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिबाट तालाबन्दी भएपछि रोकिएको काम खाता परिवर्तनमा ढिलाइ हुँदा प्रभावित बनेको बताउनुभयो ।

जिल्ला समन्वय समितिको नयाँ संरचनाअनुसारको खाता सञ्चालन भएको र गाउँपालिकाको खाता सञ्चालन भएपछि अबको केही दिनमै रकम पठाइने आचार्यले बताउनुभयो । दोस्रो चौमासिकको करिब रु सात करोड सामाजिक सुरक्षा भत्ता वितरण हुँदैछ ।

म्याग्दीमा चालु आव २०७३७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या २३ हजार ३४४ जना रहेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, ९क० र ९ख० वर्गका अपाङ्ग र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

वि.सं.२०७४ वैशाख ७ बिहीवार ०७:४४ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...