back
CTIZAN AD

चार प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना !

वि.सं.२०८० साउन १४ आइतवार

1.3K 

shares

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । त्यस कारण हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राती पनि देशभर आंशिक देखी सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०८० साउन १४ आइतवार ०७:४१ मा प्रकाशित

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान...

देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना !

देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल...

अब पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

अब पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा...

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...