back
CTIZAN AD

नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण

वि.सं.२०८० साउन १४ आइतवार

1.5K 

shares

लहान । लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान-२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो ।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो । यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ ।

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशङ्कर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०/०८१ मा लहान नगरपालिकाबाट रु ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । “यहाँ धेरै ठूलो रकम लाग्छ । प्रदेश र सङ्घ सरकारसँग पनि समन्वय गरिरहेका छौँ”, उनले भने, “यसपालि केही महिनाभित्रै ठोसरूपमा ठूला योजना ल्याएर तटबन्ध निर्माण गर्छौँ । अहिले तत्कालका लागि अस्थायी प्रकृतिको तटबन्ध निर्माण गरिनेछ ।” यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

लहान नगरपालिका-२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ नं वडा र भगवानपुर गाउँपालिकाको १ र ४ नं वडाको गरी सयौँ बिघा उर्वर जमिन वर्षौँदेखि कटान भइरहेको लहान-२३ का अजय यादवले बताए । वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन १४ आइतवार ०७:२५ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...