back
CTIZAN AD

लागूऔषध तस्करीमा दोषी कोरियाली नागरिकलाई चीनले दियो मृत्युदण्ड

वि.सं.२०८० साउन २० शनिवार

768 

shares

 

बेइजिङ । चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलो पटक यस्तो सजाय दिइएको हो ।

चीनको दक्षिणी शहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागूऔषध तस्करी गरेको दोषमा मृत्युदण्ड दिइएको, विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानूनअनुसार समान रूपमा कारबाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले चीनमा लागुऔषध बेचेको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्ना कोरियाली नागरिकलाई शुक्रबार मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनले आफ्ना नागरिकलाई मृत्युदण्ड दिइएकामा खेद व्यक्त गरेका छन् ।

“कोरिया सरकारले मृत्युदण्डको सजायको घोषणा गरेदेखि नै मानवीय आधारमा मृत्युदण्डमा पुनर्विचार वा स्थगन गर्न विभिन्न माध्यमबाट धेरै अनुरोध गरेको थियो तर त्यो कार्यान्वयन नभएकामा हामी खेद प्रकट गर्दछौ” ती अधिकारीले भनेका छन् । यद्यपि ती उनले यो मृत्युदण्ड ‘चीन र दक्षिण कोरियाबीचको सम्बन्धसँग सम्बन्धित नभएको’ बताएका छन् ।

दक्षिण कोरियाको योनहाप समाचार समितिका अनुसार चीनले नौ वर्षमा लागूऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियालीलाई मृत्युदण्ड दिएको यो पहिलो घटना हो ।

मृत्युदण्ड पाएका ती व्यक्तिलाई पाँच किलोग्राम मेथाम्फेटामाइनसहित सन् २०१४ मा चीनमा पक्राउ गरिएको थियो । उनलाई २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

विश्वमा मृत्युदण्ड दिने मुलुकका सूचीको शीर्ष स्थानमा चीन पर्दछ । कठोर कानुनी व्यवस्था भएको चीनमा गम्भीर प्रकृतिका अपराधमा सुईको माध्यमबाट उसले मृत्युदण्डको सजाय कार्यान्वयन गर्दै आएको छ ।

चिनियाँ कानुनी प्रणालीलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । अदालतमा दायर भएका आपराधिक मुद्दामा लगभग शतप्रतिशत सजाय हुने गरेको छ ।

पछिल्ला केही वर्षयता धेरै विदेशी नागरिकले लागूऔषध तस्करीमा मृत्युदण्ड पाएका छन् । सन् २०२० मा एक जना अष्ट्रेलियालीलाई लागूऔषध तस्करी गरेको अभियोग प्रमाणित भएपछिमृत्युदण्ड दिइएको थियो । सन् २००९ मा पनि सोही प्रकृतिको अपराधमा दुई जना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिइएको थियो । (रासस÷एएफपी)

 

 

वि.सं.२०८० साउन २० शनिवार १८:५४ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...