back
CTIZAN AD

गंगाधर गौतमद्वारा एनआरएनएको महासचिवमा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

वि.सं.२०८० साउन २१ आइतवार

1.4K 

shares

बेल्जियम। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय महासचिवमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल सचिवको भूमिका सक्रियरुपमा निर्वाह गर्दै आएका गौतमले आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं एकताको महाधिवेशनका लागि महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

हाल केन्द्रीय सचिवको भूमिकामा सक्रिय रहेका गौतम केन्द्रिय बिधान समितिको सचिव तथा उच्चस्तरीय एकता (मिलाप ) समितिको सदस्य सचिव समेत रहेर आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।

एनआरएनएको २० औं बर्षको इतिहासमा १० औं केन्द्रीय महाधिवेशन त्रुटिपूर्ण रूपमा सम्पन्न हुँदा संघले ब्यहोर्नु परेको ठुलो क्षतिलाई सबै पक्षबाट आत्मालोचना सहित तत्कालीन अवस्थाका कमिकमजोरी र असहजतालाई सहजीकरण गरेर एकताको महाधिवेशन गर्नु सबैको प्रमुख दायित्व रहेको उनले बताएका छन् ।

एकतामा नै संस्थागत तथा लाखौ गैरआवासीय नेपालीहरुको हित रहेको बताउँदै आएका र जोड दिदँै आएका गौतमले संस्थामा पछिल्लो समय देखा परेका बिषम परिस्थितिमा मुख्य नेतृत्व पंक्तिको उद्धेश्य र सोँच महाधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी गौतमले संघले स्थापनाकालदेखि उठाएको मुद्दाका रुपमा रहेको वंसजको आधारमा प्राप्त नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकार सँग राजनैतिक सम्बाद मार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

‘संघको आगामी केन्द्रीय महाधिवेशनको पुर्बसन्ध्यामा मैले आफ्नो ब्यक्तिगत घोषणापत्रमार्फत् उम्मेदवारी प्रस्तुत गरे भने सिङ्गो अभियान र मेरा अग्रज तथा मेरा समकक्षी र नयाँ पुस्ताका लागी अन्याय हुन सक्दछ तसर्थ तपाईंहरु सबैको सुझाव र सल्लाहमा घोषणा गर्नेनै छु,’ गौतमले भनेका छन्, अभियानमा स्थापनाकालदेखि निरन्तर कुनै न कुनै भुमिका निर्बाह गरेका हिसाबले संघलाई थप ससक्त, सस्थागत, कृयासिल, सबैको साझा बनाउन मेरो उम्मेदवारी रहनेछ ।’

यस्ता छन् गौतमका प्रतिवद्दता
संघले स्थापनाकालदेखि उठाएको मुद्दा वंसजको आधारमा प्राप्त नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकार सँग राजनैतिक सम्बाद मार्फत कार्यान्वयन ।

२–संघलाई महिला, युबा, दोस्रो पुस्ता र श्रमिकमैत्री बनाउदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्ने,नेपाली कला सस्कृती, सस्कार र परम्परालाई आम नेपाली डायस्पोरामा ब्यापकीकरण गर्ने ।

३–गैर आबासीय नेपाली संघको स्थापनाकालदेखि हालसम्मका संघले सन्चालन गरेका सबै परियोजना र गतिविधिहरुको पारदर्शी रुपमा आर्थिक अडिटको सुरुवात गर्दै सचिबालय सन्चालन तथा कर्मचारी ब्यबस्थापन भएको अनावश्यक आर्थिक चलखेल र आर्थिक अनियमितलाई पारदर्शी रुपमा सार्बजनिक गर्ने अनावश्यक कर्मचारी कटौती गर्ने ।

४–गैर आबासीय नेपाली संघको प्रमुख मेरुदण्ड भनेको आम सदस्य र राष्ट्रिय समन्वय परिषदहरु हुन् जस्को स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेपकारी नभई समन्वयकारी भुमिका निर्बाह गरेर बिधानको पूर्ण कार्यान्वयनका लागी पूर्ण प्रतिबद्ध हुदै संघलाई बिश्वभर रहेका आम साधारण गैर आबासीय नेपालीको मन र मस्तिष्कसँग जोड्ने सस्था बनाउने प्रमुख उदेश्य सहित ।

गैर आबासीय नेपाली संघको स्थापनाको प्रमुख उद्धेश्य सार्क मुलुक बाहेक प्रबासमा बस्ने नेपालीहरुलाई एकीकृत गर्दै एकपटकको नेपाली सधैको नेपाली रहने गैरआवासीय नेपालीको अधिकारलाई संरक्षण गर्दै देशको समृद्धि र आर्थिक बिकासमा समेत सामुहिक लगानीमार्फत सहयोग पुर्याउदैं आएको आएको छ ।

 

वि.सं.२०८० साउन २१ आइतवार १६:१५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...