काठमाडौं । कामना सेवा विकास बैंक र डइच एन्ड डोरिस रेस्टुरेन्टबीच सोमबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाडौंको पुतलीसडकस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०८० साउन २३ मंगलवार १०:४८ मा प्रकाशित






























