काठमाडौं । अवरुद्ध संसद खुलाउन तीन दलका शिर्ष नेताहरुको बैठक आज पनि बालुवाटारमा बसिरहेको छ ।
सोमबार दुईपटक बैठक बसेर अवरुद्ध संसद खुलाउने प्रयास गरे पनि एमालेको अडानका कारण सहमति हुन नसकेपछि बैठक पुनः आज पनि बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमीरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनवटै दलका प्रमुख सचेतक समेत सहभागी रहेको बताइएको छ ।
अन्तराष्ट्रिय विमानस्थलबाट साउन पहिलो साता सय किलो सुन प्रक्राउ गरेपछि त्यसको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै आएको नेकपा एमालेले निरन्तर दुवै संसद अवरुद्ध गर्दै आएको छ ।
वि.सं.२०८० साउन २३ मंगलवार ११:४४ मा प्रकाशित






























