back
CTIZAN AD

यी दुई नगरका स-साना विवाद समाधान गर्नका लागि सबै वडामा मेलमिलाप केन्द्र

वि.सं.२०८० साउन २५ बिहीवार

1.3K 

shares

गलकोट। जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

केन्द्र स्थापनासँगै वडातहमै सामान्य घरायसी मुद्दा, अंशबन्डा र कानुनी सल्लाह पाइने भएको छ । न्यायिक समितिको प्रभावकारी कामका लागि वडास्तरमा केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए । उनका अनुसार पालिकाअन्तर्गत न्यायिक समितिले ८५ जना मेलमिलाप कर्ता तयार गरी केन्द्र स्थापना गरेको हो ।

वडा नं १ बाट केन्द्र स्थापनाको अभियान सुरु गरी ११ वडाको रायडाँडामा पुगेर सम्पन्न भएको खड्काको भनाइ थियो । यससँगै नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भएका छन् । नगरका सबै वडामा केन्द्र स्थापना भएसँगै सञ्चालनसम्बन्धी कार्यविधिको तयारी, कार्यालय व्यवस्थापन, मेलमिलापकर्ताका लागि पुर्नताजगी तालिम र स्रोतसाधनको आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइने खड्काले जानकारी दिए ।

वडाको विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । स–साना विवाद अब वडातहबाटै समाधान हुने उनको भनाइ थियो । न्याय निरुपणका लागि सहज होस् भनेर नगरपालिकाअन्तर्गत न्यायिक समितिको पहलमा केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

स्थानीय सरकार गठन भइसकेपछि नागरिकले घरदैलोबाट सेवा पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरिएको भन्दै केन्द्रमा सूचीकृत मेलमिलापकर्ताले विवादको समाधान गराउने उपप्रमुख शर्माले बताए । उनका अनुसार सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था छ ।

उपप्रमुख शर्माले मेलमिलापकर्ताले दुवै पक्षलाई न्याय हुनेगरी मेलमिलाप गराउने भन्दै यस कार्यमा पूर्ण रुपमा गोपनीयता कायम हुने जनाए । उनले नियमानुसार मेलमिलाप गराउने भएकाले समस्या आएमा केन्द्रमा निवेदन दिन आग्रहसमेत गरे ।

मेलमिलापसम्बन्धी तालिम लिएका मेलमिलापकर्तालाई सूचिकृत गराउने र वडामा आएका विवादलाई समाधानको तयारी पनि पालिकाले गरिरहेका छन् । प्रत्येक वडामा तीन जना मेलमिलापकर्तालाई तालिम उपलब्ध गराइएको जैमिनी नगरपालिकाले जनाएको छ । केन्द्र स्थापनासँगै आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

 

वि.सं.२०८० साउन २५ बिहीवार १५:४२ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...