back
CTIZAN AD

हिमालयन क्यापिटलको बन्दमुखी योजना हिमालयन ८०-२० निष्काशन हुने

वि.सं.२०८० साउन ३१ बुधवार

801 

shares

काठमाडौं । नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने भएको छ ।

यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेड देशको अग्रणी वित्तिय संस्था मध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यस योजनाको प्रति इकाई अंकित मूल्य रु.१०/– को दरले १०,००,००,००० (अक्षरेपी दश करोड) इकाईले हुन आउने कुल रकम रु.१,००,००,००,०००/ (अक्षरेपी एक अर्ब रुपैंया मात्र) बराबरको हुनेछ जस मध्ये न्यूनतम १,५०,००,००० (अक्षरेपी एक करोड पचास लाख) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, श्री हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईहरु स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा मिति २०८०\०४\३२ गतेदेखि छिटोमा मिति २०८०\०५/०४ (बैंकिङ्ग समय सम्म) र ढिलोमा मिति २०८०/०५/१५ गते (बैंकिङ्ग समय सम्म) सम्म निष्कासन तथा बिक्री खुल्ला हुनेछ ।

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत (अस्सी प्रतिशत) पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत (बीस प्रतिशत) पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, कम्पनीले जनाएको छ ।

 

 

वि.सं.२०८० साउन ३१ बुधवार १४:०० मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...