back
CTIZAN AD

नेपाल टेलिकमको कूल आम्दानीमा करिव एक प्रतिशतले बृद्धि हुँदा सञ्चालन आय र खुद आयमा ह्रास

वि.सं.२०८० साउन ३१ बुधवार

780 

shares

काठमाडौं । नेपाल टेलिकमको कूल आम्दानी करिव एक प्रतिशतले बढेको छ । टेलिकमले प्रकाशित गरेको विवरण अनुसार २०८० असार मसान्तसम्ममा उसले ४४ अर्ब ४६ करोड ४२ लाख ३७ हजार आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९ को असार मसान्तको तुलनामा १.११ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष टेलिकमको आम्दानी ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो । नेपाल सरकारको सार्बजनिक संस्थानको रुपमा रहेको यो कम्पनी सबैभन्दा धेरै नफा गर्ने र कर तिर्ने कम्पनीमा गनिन्छ ।

सञ्चालन र खुद आम्दानीमा गिरावट

गत आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलीकमको सञ्चालन आम्दानीमा भने गिरावट आएको छ । गत वर्षको असार मसान्तसम्म कम्पनीको सञ्चालन आय ३६ अर्ब ८० करोड भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा करिब २.९ प्रतिशतले कम हो ।

त्यस्तै टेलिकमको खुद आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष टेलिकमको खुद आम्दानीमा ७.८६ प्रतिशतले गिरावट आएको हो ।
अघिल्लो वर्ष टेलिकमले आठ अर्ब ४७ करोड सात लाख रहेकोमा गत वर्षको सोहि अवधिमा सात अर्व ८० करोड ४५ लाख २६ हजार रहेको थियो । त्यस्तै टेलिकमको प्रति सेयर आम्दानी ४३.३६ प्रतिशत रहेको छ ।

किन घट्यो टेलिकमको आम्दानी ?

कूल आयमा केहि बृद्धि देखिए पनि सञ्चालन आय र खुद आम्दानीमा भने गिरावट देखिएको छ । आम्दानी घट्नुमा टेलिकमले अम्दानीको तुलनामा प्रशासनिक खर्च बढेको जनाएको छ । अघिल्लो वर्षको तुलनमा २२ करोड ४६ लाखले रोमिङ सेवामा बृद्धि भएकोले त्यससँग सम्बन्धित खर्चहरु बढ्दा पनि आम्दानीमा गिरावट आएको उसको भनाइ छ ।

त्यस्तै बैंक व्याजको बृद्धि, विदेशि विनिमयदरका परिवर्तनका कारण टेलिकमले आम्दानी गर्दा, स्वदेशि अन्तरआवद्धता शुल्कमा भएको परिवर्तनका कारण आम्दानी घटेको छ ।

मौसम प्रतिकुलताको कारण विद्युत आपूर्तीमा समस्या हुँदा साइटहरु सञ्चालन हुन नसक्नु पनि आम्दानीमा ह्रास आउने मुख्य कारण भएको टेलिकमको भनाई छ ।
आर्थिक ऐनबाट दुरसंचार सेवा दस्तुरमा कमि आउनु, कोभिडका कारण रोकिएका क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन हुनु कर्मचारिको निवृत्तिभरणमा बृद्धि भएका कारण पनि आम्दानी खुम्चिएको हो ।

वि.सं.२०८० साउन ३१ बुधवार १५:४७ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...