back
CTIZAN AD

नगरपालिकाद्वारा खोलाको माछा मार्न रोक

वि.सं.२०८० भदौ ४ सोमवार

2.2K 

shares

गलकोट । बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको तथा गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको हो ।

दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानुनी र परम्परागत दुवै तरिकाले माछा मार्न रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले जानकारी दिए ।

दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेटसमेत ल्याइएको जनाउँदै भुजेलले भदौ र असोजमा दरमखोलामा माछा मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएकाले अटेरी गर्नेलाई जरिवाना गरिने बताए ।

“यहाँको पहिचानसँग जोडिएको दरमखोलाको असला माछा संरक्षण गर्ने नगरपालिकाको नीति छ, नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० बनाएर कार्यान्वयन थालेको छ”, उनले भने, “विशेषगरी वर्षा ऋतुमा असला माछाले फुल पार्ने अवधि भएकाले भदौ र असोजमा माछा मार्न प्रतिबन्ध लगाइएको हो, प्रतिबन्धको उल्लङ्घन भए कार्यविधिको दफा १४ बमोजिम रु एक लाखसम्म जरिवाना गर्नेछौँ ।”

असोज पछि भने परम्परागत तरिकाले माछा पार्न पाइनेछ । यहाँको असला माछा विदेशमा समेत कोसेलीका रुपमा निर्यात हुने गरेको छ । निकै स्वादिष्ट मानिने दरमखोलाको माछा लोप हुन थालेपछि नगरपालिकाले संरक्षणको नीति बनाएको हो ।

बागलुङको ताराखोलादेखि गलकोट हुँदै बडिगाडमा मिसिन पुग्ने दरमखोलाको असला माछा धेरै पाइनेमध्येको खोला रहेको स्थानीयको भनाइ छ । यहाँको चिसो पानीमा पाइने माछा सबैको रोजाइमा पर्छ । यहाँ परम्परागत शैलीमा ढडिया र जाल हालेर माछा सङ्कलन गरिँदै आएको छ ।

असला माछा पोखरीमा नपाल्ने र हिउँखोलामा पाइने भएकाले यसको स्वाद अरू पोखरीमा पालिने माछाका प्रजातिको तुलनामा फरक हुने भन्दै माछाका पारखीले दरमखोलाको माछा अत्यधिक रुचाउने गरेका छन् । यहाँका सयभन्दा बढी स्थानीयले दरमखोलाको माछा मार्ने पेसालाई मुख्य आम्दानीको स्रोतका रुपमा लिएका छन् । नगरपालिकाले भदौ र असोजमा माछा मार्न रोक लगाएपछि दरमखोलाका माछा संरक्षणमा ठूलो सहयोग पुग्ने नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।
रासस/फाइल फोटो

 

वि.सं.२०८० भदौ ४ सोमवार १७:२३ मा प्रकाशित

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...