back
CTIZAN AD

डढेलोका कारण १८ जनाको मृत्यु

वि.सं.२०८० भदौ ६ बुधवार

717 

shares

एथेन्स । उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मङ्गलबार १८ जना मानिस मृत फेला परेका छन् ।

उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको थियो । स्थानीय अधिकारीहरूले जनाएअनुसार उनीहरू आप्रवासीहरू हुन सक्ने सम्भावना रहेको छ । उनीहरू अवैध रूपमा देश प्रवेश गरेको हुनसक्ने ग्रीक राष्ट्रिय प्रसारक ईआरटीले उल्लेख गरेको छ।

अलेक्जान्ड्रोपोलिस नजिकको जङ्गलमा लागेको आगो चौथो दिन पनि नियन्त्रण बाहिर रहेको बताइएको छ।

सोमबार राति र मङ्गलबार बिहानै धुवाँको बाक्लो तुँवालोले ढाकेपछि नगरको अस्पताललाई पनि खाली गराइएको थियो । सो क्रममा बिरामीहरूलाई जहाजबाट अन्य अस्पतालहरूमा सारिएको ग्रीक राष्ट्रिय समाचार एजेन्सी एएमएएनएले जनाएको छ ।

अलेक्जान्ड्रोपोलिस जङ्गलको आगो ग्रीक अग्नि नियन्त्रकहरूका लागि सबैभन्दा चुनौतीपूर्ण मध्ये एक हो। विगत २४ घण्टामा उनीहरूले देशभर ६५ वटा जङ्गलमा लागेको आगो निभाउँन सङ्घर्ष गरिरहेका छन् ।

ग्रीसको राजधानी नजिकैको उत्तरपश्चिमी एटिका क्षेत्रमा मङ्गलबार फैलिएको दुईवटा ठूला डढेलाको जोखिमले बस्तीहरू खाली गर्दै सडकहरू बन्द गरिएको हो । तीव्र हावाले आगो निभाउने प्रयासलाई अझ कठिन बनाएको छ ।

यसै बीच रोमानिया र चेक गणतन्त्रका १०० भन्दा बढी अग्निनियन्त्रक र करिब २० सवारी साधनहरू पनि आगो निभाउँन परिचालन गरिएका छन् ।
सिन्ह्वा

वि.सं.२०८० भदौ ६ बुधवार १०:५६ मा प्रकाशित

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...