back
CTIZAN AD

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालन

वि.सं.२०८० भदौ १० आइतवार

912 

shares

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा एकाउन्ट खोल्न सक्ने, केवाइसी अपडेट, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, नयाँ लकर तथा मर्चेन्ट (क्युआर) रिक्वेस्ट एण्ड विवाद ावी लगायतका सेवाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको आधिकारिक वेवसाइटwww.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्ने जनाएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङ्गका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुलाई बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

वि.सं.२०८० भदौ १० आइतवार १७:४१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...