back
CTIZAN AD

बागलुङ र कुश्मा हेर्न पर्यटकको रोजाइमा ‘भिरलाखुरी’

वि.सं.२०८० भदौ १० आइतवार

798 

shares

गलकोट । कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन् ।

बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रबद्र्धन गर्न थालेपछि अहिले हाइकिङका लागि स्थानीय पर्यटक त्यहाँ पुग्न थालेका छन् । पछिल्लो समय झरना तथा दृश्यावलोकनका लागि पदयात्रामा जान, प्रकृतिसँग रमाउन, टिकटक बनाउन र फोटो खिच्न आउने पर्यटक बढ्न थालेपछि बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रबद्र्धन गर्न थालिएको हो ।

भिरलाखुरी भ्यूपोइन्टको प्रचारप्रसार, प्रबद्र्धन र पूर्वाधारपछि अहिले बागलुङ बजारको दृश्यावलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भइरहेको छ । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकैको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ ।

भिरलाखुरी भ्यूपोइन्टबाट बागलुङ बजारका साथै पर्वतका नाग्लीबाङदेखि कुश्मा बजारसम्म देख्न सकिने भएकाले चर्चामा आउन थालेको त्यहाँका वडाध्यक्ष रुद्र केसीले बताए । अहिले भिरलाखुरी पुग्ने पदमार्ग, रेलिङ र होर्डिङबोर्ड कुर्ची, पिङ् खेल्ने झुलालगायत पूर्वाधारसमेत निर्माण गरिएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको उनकोे भनाइ थियो ।

गत आर्थिक वर्षमा नगरस्तरीय योजनामामार्फत रु तीन लाख र अघिल्लो आर्थिक वर्षमा रु दुईलाखको लागतमा पदमार्ग बनाइएको थियो ।

“भिरलाखुरीको प्रबद्र्धनका लागि कलाकार रामजी नेपालीसहित विभिन्न पर्यटन क्षेत्रमा सक्रिय रहेका युवाको साथ र सहयोगका कारण उक्त क्षेत्रले चर्चा बटुल्दै आएको छ” वडाध्यक्ष केसीले भने, “खासगरी बागलुङ बजारबासी हाइकिङका लागि त्यहाँ पुग्ने गरेका छन्, बागलुङबजारको पूरै दृश्य देखिने उक्त स्थल धेरैको रोजाइमा पर्न थालिसकेको छ ।”

पदमार्गका लागि भिरलाखुरी पुगेका स्थानीय पर्यटन अभियान्ता सुलभ खड्काले भिरलाखुरी स्थल उत्कृष्ट गन्तव्य बन्न थालेको बताए । बागलुङबाट बिहान मर्निङक वाक गर्नेहरु समेत त्यहाँ पुग्ने गरेका छन् । पदमार्गसहित बागलुङ बजार र कुश्मा बजारको दृश्वावलोकन गर्न, फोटो तथा भिडियो खिच्न यहाँ आउने गरेको स्थानीय रामजी नेपालीले जानकारी दिए । “सूर्योदय र सूर्यास्तको दृश्यले मनै लोभ्याउने भएकाले त्यहाँ आउनेको सङ्ख्या वृद्धि भएको छ, बागलुङ बजारबाट हिँडेर ४५ मिनेट र मोटरसाइकलमा १० मिनेटमै त्यहाँ पुग्न सकिन्छ” उनले भने “टाढाको गन्तव्यमा जान समय र पैसा दुबै खर्च हुन्छ, समय र खर्चको बचतसँगै प्रकृतिसँग रमाएर दृश्वावलोकन गर्न भिरलाखुरी भ्यु पोइन्ट गज्जबको पर्यटकीय गन्तव्य हो ।”

नेपालीले भिरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । नेपाली र वडाकार्यालयको नेतृत्वमा दुई हप्ताअघि मात्रै भिरलाखुरीको प्रबद्र्धनमा सामूहिक पदमार्ग आयोजना गरिएको थियो । समुद्र सतहदेखि जम्मा एक हजार तीन सय ५० मिटरको उचाइमा रहेको उक्त स्थलको प्रचारप्रसार र पूर्वाधारको विकाससँगै चर्चामा आएको हो ।
भिरलाखुरी आमा समूहकी अध्यक्ष सङ्गीता परियारले अघिपछि ४०÷५० जना र शनिबार एक सय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका र पर्यटकको चहलपहलले आफूहरुमा उत्साह थपिएकोे बताए ।

 

वि.सं.२०८० भदौ १० आइतवार १७:५२ मा प्रकाशित

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...