back
CTIZAN AD

भदौ २३ बाट ‘नाडा अटो शो २०२३’

वि.सं.२०८० भदौ ११ सोमवार

1K 

shares

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो २०२३’ सन्चालन गर्ने भएको छ ।

यहि भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अटो शो हुने नाडाले जनाएको छ ।

प्रत्येक वर्ष सन्चालन हुने नाडा अटो शो कोरोना भाइरसको माहामारीका कारण वि.सं. २०७७ र २०७८ सालमा सन्चालन हुन सकेको थिएन । परिस्थिति सहज बन्दै गएपछि गत वर्षबाट पुनः सुरु भएको हो ।

देशको अर्थतन्त्र चलायमान बनाउन र अटोमोबाइल्स क्षेत्रमा लागेकाहरुलाई थप हौसला बढाउन प्रदर्शनी प्रभाबकारी हुने नाडाको विश्वास छ । प्रदर्शनीमा ठूला र साना गरि करिब १२० स्टल रहनेछन् ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका २ पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेइकल, नाै वटा वित्तिय संस्था तथा ३० वटा सवारीमा प्रयाेग हुने पर्टस तथा ल्युब्रिकेन्टस्  कम्पनीहरूकाे सहभािगता रहने अयाेजकले जनाएकाे छ ।

प्रदर्शनी अबलोकन गर्न ७५ हजार अबलोकनकर्ता जाने आयोजकले विश्वास लिएको छ । त्यस्तै मेलाको अवलोकन गर्न रु २०० शुल्क लाग्नेछ । विद्यार्थीहरुलाई मेला प्रवेशमा २५ प्रतिशत सहुलियत दिईने जानकारी गराईएको छ ।

प्रदर्शनीमा २० अर्व बराबरको कारोबार हुने आयोजकले जनाएको छ ।

मेलाको मुख्य प्रायोजन ‘टाटामोटर्स जेनुयन आयल’ले गरेको छ । त्यस्तै सह–प्रायोजन ‘शिखर इन्स्योरेन्स’ले गरेको छ ।

 

वि.सं.२०८० भदौ ११ सोमवार १५:४४ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...