back
CTIZAN AD

रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका खान निर्वाचित

वि.सं.२०८० भदौ ११ सोमवार

861 

shares

काठमाडौं । संसदीय समितिको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अव्दुल खान निर्वाचित भएका छन् ।

आइतबार उक्त समितिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसअघि सत्ता गठबन्धन दल र प्रतिपक्षी दल एमालेबीच ९ वटा समितिको सभापतिमा बाँडफाँट भइ सर्वसम्मत रुपमा नेतृत्व चयन भएका थिए । आज हुने भनिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको निर्वाचन अगावै रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि १० वटै समितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

उक्त बाँडफाँट अनुसार नेपाली कांग्रेसले ४, नेकपा एमालेले २, माओवादी केन्द्रले १, जनमत पार्टीले १, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपाले १/१ समितिको सभापति पाएका छन् ।

वि.सं.२०८० भदौ ११ सोमवार १६:०४ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...