back
CTIZAN AD

सेनाको हेलिकोप्टरमार्फत दुई जना तीर्थयात्रीको उद्धार

वि.सं.२०८० भदौ १२ मंगलवार

747 

shares

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोमबार बडिमालिकाको त्रिवेणीधाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका-१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ जयपृथ्वी नगरपालिका-९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए-०६१ बेलको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ भने धामीको जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्काइएको छ ।

बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

घाइते भएर बेहोस भएका न्यौपाने बर्बराउने र बेला-बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुर्खेत पठाइएको गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए । सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बडिमालिकाको त्रिवेणीधाममा गएको भए पनि मौसम खराबीका कारण मार्तडीमा राखिएको थियो ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ १२ मंगलवार ११:५३ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...