back
CTIZAN AD

कोशीका पूर्वप्रदेशसभा सदस्य अंसारीको निधन

वि.सं.२०८० भदौ १२ मंगलवार

690 

shares

इनरुवा । सुनसरी क्षेत्र नं ४(२) का पूर्वप्रदेश सांसद हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट कोशी प्रदेशसभामा उनी विजयी भएका थिए ।

सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहेका अंसारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो ।

विगत केही वर्षदेखि मुटुको रोगबाट पीडित उनी नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीको अभिभावक थिए । विसं २००१ मा जन्मिएका अंसारी तत्कालीन सुनसरी क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिसमेत भएका थिए ।

उनी नेपाली कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी हुनाका साथै नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कांग्रेसले जनाएको छ ।

अंसारीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं ४ का सभापति ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायतले शोक व्यक्त गरेका छन् । उनकोे निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ ।

 

वि.सं.२०८० भदौ १२ मंगलवार १४:०५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...