back
CTIZAN AD

दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै महानगर, दुई विद्यालयलाई एउटै बनाइदै

वि.सं.२०८० भदौ १३ बुधवार

774 

shares

काठमाडौ ।महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ ।

एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाईस्कुल’ बाट सञ्चालन गर्न लागेको कामपाले जानाएको छ । कामपाको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाका अनुसार आउने शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चालन हुनेछ । एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन् ।

कोइरालाले भने, “भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो ।” विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु कामपाको कर्तव्य हो उनले भने।

ऐतिहासिक मात्रै होइन उक्त विद्यालय हाल कामपामा रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो । गत आवदेखि कामपाले यसलाई नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने प्रशस्त विद्यार्थी छन् ।

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जानाएको छ ।

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको उक्त स्कुल नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो ।

भूकम्पपछि उक्त स्कुल पुनःनिर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेपछि पुनःसञ्चालनमा आएको हो ।
–––

वि.सं.२०८० भदौ १३ बुधवार ०६:४४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...