back
CTIZAN AD

३४ वर्षपछि अम्बासमा एमालेको बैठक बस्दै

वि.सं.२०८० भदौ १३ बुधवार

999 

shares

लहान । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासमा बस्ने भएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११ : ३० बजे बस्ने बैठकको सबै तयारी पूरा भएको छ ।

यस अघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि  सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ ।

“चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो”, सचिव भट्टराईले भने, “एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो । त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो ।”

सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिस्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिस्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । त्यस्तै उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटक स्थलका रूपमा विकास गरिने उनले बताए ।
रासस

वि.सं.२०८० भदौ १३ बुधवार ०९:३१ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...