काठमाडौं । समाजवादी मोर्चा नेपालको धनगढीमा हुने भनिएको कार्यक्रम अन्तिम अवस्थामा स्थगित भएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएसंगै सो कार्यक्रम स्थगित हुनु परेको श्रोतले बताएको छ । सो श्रोतका अनुसार मोर्चामा आबद्ध नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए तर प्रधानमन्त्री प्रचण्डले संसदको ब्याख्यात्मक टिप्पणीलाई अमेिरीकाले सम्मान गरेको जनाएका थिए ।
एमसिसि बारे मंगलबार मात्रै माधव नेपाल समेतको मत अलिक फरक ढंगले आएको थियो । उनल एक कार्यक्रममार्फत प्रचण्डलाई प्रष्ट हुन आग्ह गरेका थिए । सातै प्रदेशमा सहकार्य गरेका दलहरु बिच बुधवार एमसिसि कार्यान्वयनकै दिन कार्यक्रम स्थगित गर्नुपरेको छ ।
वि.सं.२०८० भदौ १३ बुधवार १३:२२ मा प्रकाशित






























