back
CTIZAN AD

आइसीसी महिला टि-२० विश्वकप एसिया छनोट : नेपालले दियो मलेसियालाई ८५ रनको लक्ष्य

वि.सं.२०८० भदौ १४ बिहीवार

738 

shares

काठमाडौँ । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन्। उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेनन् ।

बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक/एक विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन् ।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

वि.सं.२०८० भदौ १४ बिहीवार ०९:४५ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...