back
CTIZAN AD

जनतासँग माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै

वि.सं.२०८० भदौ १६ शनिवार

1K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आजदेखि सुरु हुँदैछ ।

माओवादी केन्द्रको गत १७ देखि २१ साउनसम्म बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले तय गरेको उक्त अभियान आजदेखी देशका ६ हजार ७४३ वडामा एकसाथ सुरु हुँदैछ ।

सो अभियानको अध्यक्ष प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडाबाट भर्चुअल उद्घाटन गरेपछि देशैभरी उक्त अभियान देशैभरी सुरु हुनेछ । त्यसका लागि पार्टीका शिर्षनेतृत्वसहित सबै नेता कार्यकर्ता अभियानमा खटिनेछन् । साथै अन्य पदाधिकारीहरुलाई पनि विभिन्न जिल्लामा जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री तथा सो पार्टीका अध्क्ष प्रचण्ड चन्द्रागिरी नगरपालिका २ घट्टडाँडा पार्कमा गएर स्थानीय नेता तथा कार्यकर्तामाझ सम्बोधन गर्नेछन् भने उपाध्यक्ष कृष्ण बहादुर महरा रोल्पाका जेलवाङस्थित सुनछहारी गाउँपालिकामा पुगेर अभियानको कार्यक्रममा सरिक हुनेछन् ।

त्यसैगरी पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धीमा जाने भएका छन् ।

त्यस्तै अर्का उपाध्यक्ष अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको लिसखुपाखर ३ र उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, ललितपुरमा जिम्मेवारी परेको छ ।

त्यसैगरी महासचिव देव गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका भोटेवडार ८ मा जिम्मेवारी परेको छ भने, उपमहासचिवहरुमा गिरीराजमणि पोखरेल, गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६, गोंगबु, हरिवोल गजुरेल, कमलामाई नगरपालिका सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी नगरपालिका २ काठमाडौँ, शक्तिबहादुर बस्नेत, भेरी नगरपालिका १, जाजरकोट, मातृका प्रसाद यादव, विरेन्द्रनगर नगरपालिका १, सुर्खेत, सचिवहरुमा दिनानाथ शर्मा, बागलुङ नगरपालिका १२, बागलुङ, चक्रपाणि खनाल, विराटनगर महानगरपालिका १८, मोरङ, देवेन्द्र पौडेल पोखरा महानगरपालिका २०, कास्की, लीलामाणि पोख्रेल, बर्दिबास नगरपालिका, महोत्तरी, गणेश शाह, काठमाडौँ महानगरपालिका १० बानेश्वर, हितमान शाक्य, सिस्ने गाउँपालिका ६, रुकुम पूर्व, हितराज पाण्डे, पालुङटार नगरपालिका ६, गोरखा, डिलाराम आचार्य, धनगढी उपमहानगरपालिका १६, कैलाली, सुरेन्द्र कुमार कार्की, बुद्धशान्ति गाउँपालिका ४, झापा तथा कोषाध्यक्ष, श्रीराम ढकाल लाई चन्द्रागिरी नगरपालिका २, काठमाडौँमा जिम्मेवारी तोकिएको छ ।

पार्टीले गरेका कमी कमजोरी जनताको घरदैलोमै पुगेर सुधार गर्ने बताएको सो पार्टीले अभियानको अवधिभर २५ लाख मतदातासँग भेट गर्ने तथा पार्टी सदस्य संख्या ८ लाख पुर्याउने लक्ष्य राखेको छ ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान : प्रचण्ड घट्टडाँडा, अन्य नेता को कहा ?

वि.सं.२०८० भदौ १६ शनिवार ०७:१० मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...