back
CTIZAN AD

अभियानको उद्घाटन गर्दै प्रचण्डले भने-सरकारको कामबाट जनतामा नयाँ आशा पलाएको छ

वि.सं.२०८० भदौ १६ शनिवार

1.2K 

shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारले गरेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटनका क्रममा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ बाट माओवादी पार्टी देशको सबैभन्दा ठूलो शक्ति बन्ने समेत बताए ।

अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गर्दै राजनीतिक दल र तिनका नेतृत्वप्रति जनतामा रहेको निराशालाई आशामा परिणत गरेको समेत बताए ।

अध्यक्ष प्रचण्डले ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणलगायतका विभिन्न प्रकरणमा भएका निष्पक्ष छानबिन र कारबाहीले जनतामा उत्साह आएको बताउदैँ उनले भने, ‘जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको छ ।’

उनले अभियानले पार्टीभित्र नयाँ वातावरणको सिर्जना गर्ने र जनतासँगको सम्बन्ध बलियो बनाउने समेत बताएका छन् ।

उक्त अभियान अन्तर्गत जनताको घर–घरमा जाने र जनतालाई सुन्ने बताउँदै आएको माओवादीले यो अभियानलाई अन्तिम परीक्षाको रुपमा लिएको छ ।

जनतासँग माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै

वि.सं.२०८० भदौ १६ शनिवार १०:२२ मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...