back

अभियानको उद्घाटन गर्दै प्रचण्डले भने-सरकारको कामबाट जनतामा नयाँ आशा पलाएको छ

वि.सं.२०८० भदौ १६ शनिवार

123 

shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारले गरेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटनका क्रममा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ बाट माओवादी पार्टी देशको सबैभन्दा ठूलो शक्ति बन्ने समेत बताए ।

अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गर्दै राजनीतिक दल र तिनका नेतृत्वप्रति जनतामा रहेको निराशालाई आशामा परिणत गरेको समेत बताए ।

अध्यक्ष प्रचण्डले ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणलगायतका विभिन्न प्रकरणमा भएका निष्पक्ष छानबिन र कारबाहीले जनतामा उत्साह आएको बताउदैँ उनले भने, ‘जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको छ ।’

उनले अभियानले पार्टीभित्र नयाँ वातावरणको सिर्जना गर्ने र जनतासँगको सम्बन्ध बलियो बनाउने समेत बताएका छन् ।

उक्त अभियान अन्तर्गत जनताको घर–घरमा जाने र जनतालाई सुन्ने बताउँदै आएको माओवादीले यो अभियानलाई अन्तिम परीक्षाको रुपमा लिएको छ ।

जनतासँग माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै

वि.सं.२०८० भदौ १६ शनिवार १०:२२ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...