back
CTIZAN AD

सांस्कृति लोप हुँदै जान थालेपछि युवाद्धारा होमस्टे र मिनी सङ्ग्रहालय सञ्चालन

वि.सं.२०८० भदौ १८ सोमवार

1K 

shares

तुलसीपुर (दाङ) । थारु सांस्कृति लोप हुँदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवा त्यसलाई जोगाउन सक्रिय भएका हुन् । दाङको दङ्गीशरण गाउँपालिका–४ बैबाङका युवाले मिनी थारु सङ्ग्रहालय तथा ‘होमस्टे’ (घरबास) सञ्चालन गरेकी छिन् ।

त्यहाँ थारु समुदायका वेषभूषा, खानेकुरालगायत अन्य सामग्री राखिएका छन् । “थारु संस्कार, संस्कृतिमा थारु समुदाय धनी हो, तर पछिल्लो समय युवाले यो संस्कार र संस्कृति भुल्न थालेको गुनासो बढेको छ”, थारु युवा राजेश चौधरीले भने, “त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि होमस्टे र मिनी सङ्ग्रहालय सञ्चालनमा ल्याएका छौं ।”

यहाँ थारु समुदायका महिलाले प्रयोग गर्ने गरेका परम्परागत लुगाफाटा, गरगहना, दैनिक प्रयोग गर्ने ढिकी, जातो, कोल, डाली, ढकियाजस्ता वस्तु राखिएको छ । थारु समुदायको अन्य समुदायभन्दा भिन्न संस्कार र संस्कृति थियो । त्यसपछि सक्रिय भएका युवाले चलाएको होमस्टे र मिनी सङ्ग्रहालय हेर्नेको भिड लाग्ने गर्छ । “हेर्नका लागि सहर बजारका मानिस आउने, गफगाफ हुने र अनुभव सुन्ने र सुनाउने अवसर मिल्छ”, चौधरीले भने ।

नजिकै थारु सङ्ग्रहालय चखौरा र थारु राजा दङ्गीशरणले राज गरेको सुकौरा रहेको छ भने बीचमा युवाले मिनी थारु सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । युवाले यसरी सञ्चालनमा ल्याएका होमस्टेले मठमन्दीर, प्राकृतिक सम्पदा लगायतको अध्ययन अवलोकन गर्न पर्यटक आउने भएकाले पालिकाको पनि आर्थिक समृद्धि हुने गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले बताईन् ।

“होमस्टे, सङ्ग्रहालयले गर्दा अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुन्छ”, उनले भने, “त्यसले गर्दा पालिकाको पनि आम्दानी बढ्छ ।” होमस्टेमा चार कोठामा आरामदायी बिछ्यौनामा पाहुनालाई सुताउने व्यवस्था गरिएको छ । यहाँ थारुको परम्परागत खानेकुरा ढिक्री, माछालगायतका खानेकुरा खुवाइन्छ ।

वि.सं.२०८० भदौ १८ सोमवार १३:४१ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...