back
CTIZAN AD

प्रभु क्यापिटल र ‘होस्टे हैंसे’ संस्थाबीच सम्झौता नवीकरण

वि.सं.२०८० भदौ १८ सोमवार

882 

shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘होस्टे हैंसे’ संस्थासँग सम्झौता नवीकरण गरेको छ ।

सम्झौताअनुसार बालबालिकाको लागि प्रभु लिटिल च्याम्स नामक लगानी व्यवस्थापन सेवा (पिएमएस) लिए बापत एक जना गरिब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।

व्यवसायसँगै संस्थागतरूपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाइ छ । ‘छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो ।

प्रभु लिटिल च्याम्स नामक लगानी व्यवस्थापन सेवा (पीएमएस) नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाको उज्ज्वल भविष्यका लागि सञ्चालन गरिएको पीएमएस सेवा हो । यस सेवाको लगानी अवधि पाँच वर्ष, हर्डल रेट आठ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) दुई प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधिपश्चात् र गरिब तथा पिछडिएका बालबालिकालाई एक वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्नेलगायत यस योजनाका मुख्य विशेषता हुन् ।

क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका सेवाग्राहीले अन्य पीएमएसका योजनामा जस्तै यसमा दैनिकरूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

वि.सं.२०८० भदौ १८ सोमवार १३:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...