back
CTIZAN AD

गाँज हाल्ने बेलामा धानमा गवारो र कोदोमा खुम्रे कीराको सङ्क्रमण, चिन्तमा किसान

वि.सं.२०८० भदौ १८ सोमवार

759 

shares

गलेश्वर (म्याग्दी) । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन् ।

धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका–४ का किसान रणबहादुर थापाले बताए । उनका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ”, थापाले भने, “अझ विषादी पनि खर्चिलो छ ।”

मङ्गला गाउँपालिकाको रणबाङको फाँट र बेनी नगरपालिका–२ बगरफाँटमा पनि धानमा गबारो कीराको सङ्क्रमण देखिँदा पूरै खेतमा धानको गुबो मर्दै गएको बगरफाँटका खड्गबहादुर थापाले बताए । उनका अनुसार धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पु¥याउने गरेको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् ।

गबारो कीराको सङ्क्रमण तीव्ररूपमा फैलने भएकाले धान बाली केही दिनमै नष्ट हुने कृषि प्राविधिक बानियाँले बताए । “यसको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ”, उनले भने ।

धानखेतमा रासायनिक युरिया मलको अत्यधिक प्रयोग गर्नु, पानीको कमी हुनु तथा अन्य सुक्ष्म तत्वका कारण गबारो कीराको सङ्क्रमण सहजै फैलने बानियाँले जानकारी दिए । उनका अनुसार कोदो बालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रे कीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन् ।

कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छ भने यहाँको धान खेतीमा ढुसीजन्य रोगको सङ्क्रमण पनि देखिएको किसानको भनाइ थियो । हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका–२ का किसान जगबहादुर विकले बताए । उनका अनुसार बालीमा रोग र किराको सङ्क्रमण बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन् ।

विषादी छर्केपछि रोग अन्य स्थानमा फैलिन नपाउने भएको प्राविधिकको सल्लाहअनुसार विषादी छर्किएको विकको भनाइ थियो । हालसम्म एक सय ४० सय रोपनी जग्गामा लगाइएको कोदो बाली खुम्रे कीराले नष्ट गरेको उनले जानकारी दिए ।

खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको कृषि प्राविधिक बानियाँले बताए । आगामी दिनमा मकै लगाउने मौसममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

केन्द्रका अनुसार म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गरेको बानियाँले जानकारी दिए । लेकाली क्षेत्रमा सिँचाइ आवश्यक नपर्ने भएकाले घैया जातको धान खेती हुने उनको भनाइ थियो । उनका अनुसार यहाँ कोदो भने स्थानीय जातको खेती हुने गरेको छ ।

वि.सं.२०८० भदौ १८ सोमवार १४:०६ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...