back
CTIZAN AD

नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्व चयन गर्न मतदान सुरु

वि.सं.२०८० भदौ १९ मंगलवार

795 

shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ८ बजेदेखि सुरु भएको उक्त मतदानमा प्रदेश अध्यक्षको नेतृत्वका लागि नेताद्धय राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिश्प्रर्धामा उत्रिएका छन् ।

एमाले लुम्बिनीको प्रदेश अधिवेशनबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो ।

यहि भदौ १६ र १७ गते सम्पपन्न लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपनि सहमति नजुटेपछि आज मतदानबाट नेतृत्वको टुंगो लगाउन लागिएको हो । अधिवेशन उद्घाटनका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि उक्त निर्देशन सहज कार्यान्वयन हुन नसकेपछि निर्वाचनद्धारा नेतृत्व चयन गर्नुपरेको हो ।

एमाले लुम्बिनीको अध्यक्षमा प्रतिश्प्रर्धामा उत्रिएका पाल्पाका कंडेल उपाध्यक्ष विष्णु निकट मानिन्छन् भने प्रदेश कमिटीको निर्वतमान अध्यक्ष समेत रहेका प्युठानका रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । सहमतिमा नेतृत्व चयन गर्न खोजिएपछि दुवै खेमाका नेताले आफ्नो अडान नछाडेपछि निर्वाचन प्रक्रियामा जानु परेको निर्वाचनमा सहभागी एक नेताले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, उपाध्यक्ष, उपसचिव र सदस्यहरु च्यनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनले पाँच पपदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।

वि.सं.२०८० भदौ १९ मंगलवार ०९:५४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...