back

नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्व चयन गर्न मतदान सुरु

वि.सं.२०८० भदौ १९ मंगलवार

39 

shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ८ बजेदेखि सुरु भएको उक्त मतदानमा प्रदेश अध्यक्षको नेतृत्वका लागि नेताद्धय राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिश्प्रर्धामा उत्रिएका छन् ।

एमाले लुम्बिनीको प्रदेश अधिवेशनबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो ।

यहि भदौ १६ र १७ गते सम्पपन्न लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपनि सहमति नजुटेपछि आज मतदानबाट नेतृत्वको टुंगो लगाउन लागिएको हो । अधिवेशन उद्घाटनका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि उक्त निर्देशन सहज कार्यान्वयन हुन नसकेपछि निर्वाचनद्धारा नेतृत्व चयन गर्नुपरेको हो ।

एमाले लुम्बिनीको अध्यक्षमा प्रतिश्प्रर्धामा उत्रिएका पाल्पाका कंडेल उपाध्यक्ष विष्णु निकट मानिन्छन् भने प्रदेश कमिटीको निर्वतमान अध्यक्ष समेत रहेका प्युठानका रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । सहमतिमा नेतृत्व चयन गर्न खोजिएपछि दुवै खेमाका नेताले आफ्नो अडान नछाडेपछि निर्वाचन प्रक्रियामा जानु परेको निर्वाचनमा सहभागी एक नेताले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, उपाध्यक्ष, उपसचिव र सदस्यहरु च्यनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनले पाँच पपदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।

वि.सं.२०८० भदौ १९ मंगलवार ०९:५४ मा प्रकाशित

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...