back
CTIZAN AD

टेलिफोनकोपहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

वि.सं.२०७४ वैशाख ११ सोमवार

744 

shares

११ वैशाख,ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि ९मोबाइल फोन० सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम ९टुजी० सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक र सिदिङमा गाउँपालिकाका मेहेले, सुरुम्खिम साथै लिम्बुदिनवासी लाभान्वित भएका छन् ।

यस क्षेत्रमा पहिलो पटक टेलिफोन टावर निर्माण गरी सेवा प्रवाह गरिएको हो । योभन्दा अघि अन्यत्र सञ्चालित सिडिएमए र एनसिएलका टावरको भरमा उच्च स्थानमा मात्रै मोबाइल सेवा दुःखले चल्ने गरेको थियो । उच्च स्थानमा पुगेर आवाजसमेत स्पष्ट नबुझिने गरी मोबाइलमा कुराकानी गर्ने स्थानीय अहिले गाउँका कुनाकुनामा मोबाइल चल्न थालेपछि हर्षित भएका छन् भने मोबाइल बोकेर डाँडातिर दगुर्नु पर्ने बाध्यता पनि हटेको टावर निर्माणमा सक्रियता देखाएका स्थानीय समाजसेवी गजेन्द्र तुम्यहाङले राससलाई बताउनुभयो ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो भने जडानको कार्य मर्मत सम्भार एकाइ कार्यालय इलामले गरेको थियो । यता जिल्लाको याङ्वरक गाउँपालिकास्थित थेचम्बु र फक्ताङ्लुङ गाउँपालिकास्थित तापेथोकमा समेत टावर निर्माणको अन्तिम तयारी भइरहेको मर्मत सम्भार एकाइ कार्यालय इलामका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अबको डेढ महिनाभित्रै जडान भइसक्ने छ ।

जिल्लाकै आधाभन्दा बढी भू–भाग ओगटेको फक्ताङ्लुङ गाउँपालिका भने टेलिफोनको पहुँचभन्दा टाढा रहेको बताइन्छ ।

वि.सं.२०७४ वैशाख ११ सोमवार ०४:०६ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...