back

टेलिफोनकोपहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

वि.सं.२०७४ वैशाख ११ सोमवार

120 

shares
NTC AD
Global IME AD

११ वैशाख,ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि ९मोबाइल फोन० सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम ९टुजी० सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक र सिदिङमा गाउँपालिकाका मेहेले, सुरुम्खिम साथै लिम्बुदिनवासी लाभान्वित भएका छन् ।

यस क्षेत्रमा पहिलो पटक टेलिफोन टावर निर्माण गरी सेवा प्रवाह गरिएको हो । योभन्दा अघि अन्यत्र सञ्चालित सिडिएमए र एनसिएलका टावरको भरमा उच्च स्थानमा मात्रै मोबाइल सेवा दुःखले चल्ने गरेको थियो । उच्च स्थानमा पुगेर आवाजसमेत स्पष्ट नबुझिने गरी मोबाइलमा कुराकानी गर्ने स्थानीय अहिले गाउँका कुनाकुनामा मोबाइल चल्न थालेपछि हर्षित भएका छन् भने मोबाइल बोकेर डाँडातिर दगुर्नु पर्ने बाध्यता पनि हटेको टावर निर्माणमा सक्रियता देखाएका स्थानीय समाजसेवी गजेन्द्र तुम्यहाङले राससलाई बताउनुभयो ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो भने जडानको कार्य मर्मत सम्भार एकाइ कार्यालय इलामले गरेको थियो । यता जिल्लाको याङ्वरक गाउँपालिकास्थित थेचम्बु र फक्ताङ्लुङ गाउँपालिकास्थित तापेथोकमा समेत टावर निर्माणको अन्तिम तयारी भइरहेको मर्मत सम्भार एकाइ कार्यालय इलामका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अबको डेढ महिनाभित्रै जडान भइसक्ने छ ।

जिल्लाकै आधाभन्दा बढी भू–भाग ओगटेको फक्ताङ्लुङ गाउँपालिका भने टेलिफोनको पहुँचभन्दा टाढा रहेको बताइन्छ ।

वि.सं.२०७४ वैशाख ११ सोमवार ०४:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...