back
CTIZAN AD

ब्रिटिस कलेजद्वारा ई–स्पोर्टस्को आयोजना

वि.सं.२०८० भदौ २४ आइतवार

924 

shares

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’ को आयोजना गरेको छ । थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

प्रतियोगितामा ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ गरि तीन खेल समावेश गरिएको थियो । कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले खेलको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियोगितामा देशभरका ११२ टिमका ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पहिलो दुई दिन छनोट चरणका खेलहरु भएका थिए भने अन्तिम दिन गत शुक्रबार फाइनल चरणका खेलहरु भएका थिए ।

प्रतियोगितमा भालोरेन्ट खेलको विजेता टिम ‘नो टक वन्ली किल’ बन्यो भने उपविजेताको स्थान ‘नेफोली’ले प्राप्त गर्यो । त्यस्तै, पब्जीतर्फ ‘अण्डरग्याङ्ग’ विजेता बन्दा ‘माइटी माफिया’ले उपविजेताको स्थान हाँसिल गर्यो । फिफातर्फ ‘नोटोरियर’ विजेता र ‘गोर्खा स्ट्रङ्ग’ उपविजेता बन्यो ।

प्रतियोगितामा सबै बिधातर्फका विजेता टिमहरुले १–१ लाख रुपैयाँ तथा उपविजेता टिमहरुले ३३–३३ हजार रुपैयाँ प्राप्त गरेका छन् । सो प्रतियोगितामा कलेजले विजेता टिमका खेलाडीहरुलाई छात्रावृत्ति पनि प्रदान गरेको छ ।

सो प्रतियोगिताका प्रतिस्पर्धीहरुले प्रायोजकहरु सुविसु केबलनेट प्रा.लि., लेभल अप, खतरा गेमिङ, मरिच क्याफे र द रस्टि स्पोर्टस् बारको तर्फबाट पनि पुरस्कारहरु प्राप्त गरेका छन् ।

प्रतियोगिताबारे आफ्ना धारणा राख्दै कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने, ‘म प्रतियोगिताका विजेताहरुलाई मनैदेखि बधाई ज्ञापन गर्न चाहान्छु, र सम्पूर्ण सहभागिहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।’

वि.सं.२०८० भदौ २४ आइतवार १६:०१ मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...