काठमाडौं । आज समाजवादी मोर्चा नेपालले विराटनगरमा सन्देश सभा गर्दैछ ।
सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले आज दिउँसो गर्ने सन्देश सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्नेछन् ।
हीजो मात्र मोर्चाले मकवानपुरको हेटौंडामा सन्देश सभा कार्यक्रम गरेको थियो । मोर्चाको यो अन्तिम प्रदेशस्तरीय सन्देश सभा हो । यसअघि ६ वटा प्रदेशमा सभा भइसकेका छन् ।
चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०८० भदौ २५ सोमवार १०:०२ मा प्रकाशित



























