back
CTIZAN AD

धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने

वि.सं.२०८० असोज ३ बुधवार

1.1K 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै असोज १५ गते देखि २१ गते सम्म विभिन्न कार्यक्रमगरी विश्व लगानीकर्ता सप्ताह मनाउने र सो क्रममा निबन्ध प्रतियोगता पनि गर्ने जनाएको हो ।

बोर्डले निबन्ध प्रतियोगिताको लागि  “Investor Resilience in Changing Economic Conditions” भन्ने विषय चयन गरेको छ । यस प्रतियोगिताका लागि विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस/कलेजमा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुले भाग लिन सक्ने छन् । बोर्डले असोज ९ गते भित्र बोर्डमा निबन्ध पठाईसक्न आग्रह गरेको छ ।

प्राप्त निबन्धहरु मध्ये उत्कृष्टताको आधारमा प्रथम हुनेलाई रु. ६५ हजार र द्धितिय हुनेलाई रु. ३५ हजार पुरस्कार उपलब्ध गराउने बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रतियोगितामा भाग लिनको लागि निबन्ध नेपाली अथवा अंग्रेजी माध्यममा हुनु पर्नेछ ।
उक्त निबन्ध पठाउँदा आफुले अध्ययन गर्ने क्याम्पसको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्ने बोर्डले जनाएको छ । निबन्ध research@sebon.gov.np मा इमेल गरेर पनि पठाउन सकिने छ ।

बोर्डका अनुसार निबन्ध कम्तिमा २ हजार शब्द सीमामा हुनु पर्नेछ । निबन्ध पठाउँदा अरु ठाउँमा प्रकाशन नभएको र प्रकाशनको लागि अरु ठाउँमा पेश नगरिएको हुनुपर्नेछ । मौलिक तथा अनुसन्धानात्मक निबन्धहरुलाई प्राथमिकता दिइने बोर्डले उल्लेख गरेको छ । एआई उपकरणहरू प्रयोग गर्नु नहुने र प्लाजरिजम फ्रि भएको हुनु पर्ने बोर्डले जनाएको छ ।

वि.सं.२०८० असोज ३ बुधवार १४:२५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...