back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डद्वारा सल्लाहकार मायालुको निधनप्रति दुःख व्यक्त

वि.सं.२०८० असोज ५ शुक्रवार

1.7K 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सहयोद्धामा समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री मायालुको फोक्सोको क्यान्सरका कारण गएराति ७३ वर्षको उमेरमा निधन भएको थियो । २०७० सालमा उहाँ एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहित भई केन्द्रीय सल्लाहकार बनेका थिए ।

सल्लाहकार मायालुको निधनबाट माओवादी मर्माहत

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको जनाएको छ । माओवादी केन्द्रका कार्यावहक अध्यक्ष नारायणकाजी श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दिवङ्गत मायालुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट पुगेका छन् ।

मायालुले डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाइँ सरी नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उहाँ जेल परे । उनले आठ वर्षसम्म जेल जीवन बिताएका थिए । नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग उनको भेट भयो । जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई पनि थिए तर उनी रामराजा प्रसाद सिंहसँग प्रभावित भएका थिए ।

विसं २०३२ तिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा सक्रिय भए । त्यसै सन्दर्भमा सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो । उनी मोर्चाको महासचिव बनेका थिए । गणतन्त्र स्थापनका लागि २०४२ सालमा बमकाण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो । तत्पश्चात् गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताए । पञ्चायती शासकले उहाँलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो ।

विसं २०४६ को जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उनी पुनः नेपाली कांग्रेस प्रवेश गरे । २०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५९ सालमा सामान्य प्रशासनमन्त्री बने । २०७० सालमा उहाँ एकीकृत नेकपा (माओवादी)मा समाहित भएका थिए ।

मायालुको ७३ वर्षको उमेरमा गएराति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित थिए । भट्टको जन्म विसं २००७ असार १९ गते डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए ।

वि.सं.२०८० असोज ५ शुक्रवार १७:०६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...