back

प्रधानमन्त्री प्रचण्डद्वारा सल्लाहकार मायालुको निधनप्रति दुःख व्यक्त

वि.सं.२०८० असोज ५ शुक्रवार

1.3K 

shares
IME Limited
NTC AD

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सहयोद्धामा समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री मायालुको फोक्सोको क्यान्सरका कारण गएराति ७३ वर्षको उमेरमा निधन भएको थियो । २०७० सालमा उहाँ एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहित भई केन्द्रीय सल्लाहकार बनेका थिए ।

सल्लाहकार मायालुको निधनबाट माओवादी मर्माहत

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको जनाएको छ । माओवादी केन्द्रका कार्यावहक अध्यक्ष नारायणकाजी श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दिवङ्गत मायालुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट पुगेका छन् ।

मायालुले डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाइँ सरी नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उहाँ जेल परे । उनले आठ वर्षसम्म जेल जीवन बिताएका थिए । नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग उनको भेट भयो । जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई पनि थिए तर उनी रामराजा प्रसाद सिंहसँग प्रभावित भएका थिए ।

विसं २०३२ तिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा सक्रिय भए । त्यसै सन्दर्भमा सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो । उनी मोर्चाको महासचिव बनेका थिए । गणतन्त्र स्थापनका लागि २०४२ सालमा बमकाण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो । तत्पश्चात् गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताए । पञ्चायती शासकले उहाँलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो ।

विसं २०४६ को जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उनी पुनः नेपाली कांग्रेस प्रवेश गरे । २०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५९ सालमा सामान्य प्रशासनमन्त्री बने । २०७० सालमा उहाँ एकीकृत नेकपा (माओवादी)मा समाहित भएका थिए ।

मायालुको ७३ वर्षको उमेरमा गएराति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित थिए । भट्टको जन्म विसं २००७ असार १९ गते डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए ।

वि.सं.२०८० असोज ५ शुक्रवार १७:०६ मा प्रकाशित

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर...

आज विश्व जनसङ्ख्या दिवस

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...