back
CTIZAN AD

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री ‘प्रचण्ड’ सहभागी

वि.सं.२०८० असोज ७ आइतवार

804 

shares

बिक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रङ्गशालामा शनिवार एक भव्य समारोहबीच चीनका राष्ट्पति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरे ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी थिए ।

उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो । उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोकेका थिए । दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जितेका थिए । यस प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदैछन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् ।

उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।

प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चारसयभन्दा बढी खेलाडी ४० खेलमा सहभागी हुँदैछन् । नेपालले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिताको उद्घाटन शनिवार भए पनि फूटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेलहरु यसअघि नै सुरु भइसकेका छन् ।

सन् २०२२ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारणले यसवर्ष आयोजना हुन लागेको हो । प्रतियोगितामा यसवर्षको नारा ‘हर्ट टु हर्ट’ अर्थात् ‘मुटुदेखि मुटुसम्म’ रहेको छ । चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि सन् १०९० र २०१० मा पनि चीनले प्रतियोगिता आयोजन गरेको थियो । एसियाली खेलकुदको सुरुवात सन् १९९१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो ।

नेपालबाट यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा दुई सय तीन खेलाडी सहभागी भएका थिए भने सन् २०१८ को इन्डोनिसियाको जकार्तामा सम्पन्न प्रतियोगितामा एक सय ८५ खेलाडी सहभागी थिए ।

नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।
रासस

वि.सं.२०८० असोज ७ आइतवार ०६:५८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...