back
CTIZAN AD

१९औँ एसियाली खेलकुद : टेबल टेनिसबाट बाहिरियो नेपाल

वि.सं.२०८० असोज ७ आइतवार

951 

shares

विक्रम गिरी, हाङ्जाउ (चीन) । चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालका पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएका हुन् ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको खेलमा समूह एफमा रहेको महिला टोली भारतसित ३-० ले हारेको हो । सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११-१, ११-६ तथा ११-८ अंकले हारेकी हुन् ।

यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११-३, ११-७ तथा ११-२ अंकले हारिन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११-१, ११-५ तथा ११-२ अंकले हारिन् ।

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३-० ले हारेको छ।

पुरुषतर्फ समूह बीमा रहेको नेपालका संयोग कपाली ११-७, ११-४ तथा ११-५ अंकले हारे । अर्को खेलमा नेपालका रुविन महर्जन ११-२, ११-६ तथा ११-२ अंकले हारे भने विलोश श्रेष्ठ ११-८, ११-२ तथा ११-३ अंकले हारे ।

यसअघि नेपालको पुरुष भलिबल टोली पनि प्रतियोगिताबाट बाहिरिसकेको छ ।

एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागिताका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोली पनि चीन प्रस्थान गर्दै छ ।

रासस/सांकेतिक फोटो

वि.सं.२०८० असोज ७ आइतवार १०:३५ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...