back

१९औँ एसियाली खेलकुद : टेबल टेनिसबाट बाहिरियो नेपाल

वि.सं.२०८० असोज ७ आइतवार

96 

shares

विक्रम गिरी, हाङ्जाउ (चीन) । चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालका पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएका हुन् ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको खेलमा समूह एफमा रहेको महिला टोली भारतसित ३-० ले हारेको हो । सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११-१, ११-६ तथा ११-८ अंकले हारेकी हुन् ।

यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११-३, ११-७ तथा ११-२ अंकले हारिन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११-१, ११-५ तथा ११-२ अंकले हारिन् ।

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३-० ले हारेको छ।

पुरुषतर्फ समूह बीमा रहेको नेपालका संयोग कपाली ११-७, ११-४ तथा ११-५ अंकले हारे । अर्को खेलमा नेपालका रुविन महर्जन ११-२, ११-६ तथा ११-२ अंकले हारे भने विलोश श्रेष्ठ ११-८, ११-२ तथा ११-३ अंकले हारे ।

यसअघि नेपालको पुरुष भलिबल टोली पनि प्रतियोगिताबाट बाहिरिसकेको छ ।

एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागिताका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोली पनि चीन प्रस्थान गर्दै छ ।

रासस/सांकेतिक फोटो

वि.सं.२०८० असोज ७ आइतवार १०:३५ मा प्रकाशित

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु...