back
CTIZAN AD

प्राधिकरणको कर्मचारी यूनियन चुनावमा जैशीको प्यानल विजयी

वि.सं.२०८० असोज ७ आइतवार

822 

shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कर्मचारी युनियनको चुनावमा शिवराज जैशीको प्यानल विजयी भएका छन् । प्रतिस्पर्धी कैलाश कार्कीलाई २० का विरुद्ध २३ मतले पराजित गर्दै यूनियन अध्यक्षमा जैशी निर्वाचित भएका हुन् ।

आधिकारिक कर्मचारी यूनियन नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनका लागि भएको चुनावमा जैशी समूह विजयी भएको हो । सबै पदमा शिवराज जैशी समुहका उम्मेदवार निर्वाचित भएका हुन् ।

यूनियनको उपाध्यक्षमा सरिता ज्ञवाली, सचिवमा राजु रिजाल, र कोषाध्यक्षमा मनोज पौडेल विजयी भएका छन् । सदस्यहरुमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक र राधेश्याम मल्ल विजयी भएका छन् । तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा थिए ।

नेपाल दूरसञ्‍चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियन निर्वाचन भएको हो । प्राधिकरणमा सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरु युनियनमा सहभागी हुन र मतदान गर्न सक्ने व्यवस्था छ ।

वि.सं.२०८० असोज ७ आइतवार १४:१९ मा प्रकाशित

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...