back
CTIZAN AD

क्रिकेट टिमका कप्तान पौडेल भन्छन्–सरकारले घोषणा गरेको पुरस्कार अझै हात परेको छैन

वि.सं.२०८० असोज ७ आइतवार

693 

shares

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कार अझै हात नपरेको गुनासो गरेका छन् ।

चीनमा आयोजित एसियाली खेलकुदमा भागलिन चीन जानु पत्रकारसँग कुरा गर्दै उनले विभिन्न चरणमा सरकारले घोषणा गरेको रकम पटक–पटक भनिसक्दा पनि नपाएको बताउँदै भने–रकम आउँछ भनेर आशावादी छौं । हेरौ के हुन्छ ।’

भदौ १८ गते एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलााई विदाई गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २९ भदौको मन्त्रिपरिषद् बैठकले रकम निकासा गर्ने बताएका थिए । तर, खेलाडीहरुले उक्त रकम अहिलेसम्म पाउन नसकेको गुनासो कप्तान पौडेलले गरेका थिए ।

पछिल्ला ७ महिनायता अन्तराष्ट्रिय रुपमा आयोजित खेल प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमलाई पुरस्कार रकम दिने घोषणा गरेपनि प्रतिव्यक्ति १७ लाख पुगिस्कदा पनि खेलाडीहरुले उक्त रकम पाउन नसकेको बताइएको छ ।

सोहि क्रममा कप्तान पौडेलले एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य लिएको बताए ।

‘हाम्रो मुख्य लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि टिम बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोशेस हामीले फलो गर्नुपर्छ ।’ कप्तान पौडेलले भने ।

एसियाली खेलकुदको १९ औं संस्करणको शनिबार एक भब्य समारोहबीच उद्घाटन भएको छ । चीनको हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनका राष्ट्रपति सि चिन फिङले हाङझाव एसियाडको औपचारिक उद्घाटन गरेबम थिए ।

उद्घाटन समारोहमा भएको सहभागी ४५ राष्ट्र टोलीको मार्च पास्टमा नेपालको तर्फबाट तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्ती मगरले राष्ट्रिय झण्डा बोकेका थिए । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।

मार्च पास्टमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो । म्यानमारपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङसहितको नेपाली टोली रंगशाला प्रवेश गरेको थियो ।नेपालबाट २ सय ५३ खेलाडी विभिन्न २९ खेलमा सहभागी छन् । शनिबार उद्घाटन भएपनि प्रतियोगिताका खेलहरु केहि दिन अगाडि नै सुरु भएको थियो । नेपाली पुरुष भलिबल टोली समूह चरणको खेलमा बहराइन् र इरानसंग पराजित हुँदै बाहिरिएको छ ।

नेपालले आइतबार उसु, जुडो, पौडी, इ स्पोर्ट्स, लनटेनिस, महिला ह्यान्डबल, पुरुष रग्बी, बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र सुटिङमा प्रतिस्पर्धा गर्ने छ ।

वि.सं.२०८० असोज ७ आइतवार १४:२२ मा प्रकाशित

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...