back

अनेसास कविता महोत्सवमा अमेरिकावासी जगन्नाथ प्रथम

वि.सं.२०८० असोज ९ मंगलवार

162 

shares

काठमाडौं । अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् ।

प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो ।

साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( न्यूजर्सी, अमेरिका), मदन घिमिरे (कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने एकसय एकजना कविले कविता वाचन गरेका थिए। जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।

पुरस्कृत

प्रथम– जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका

(–पुरस्कार प्रायोजकःतीर्थ पाण्डे)

द्वितीय – ऋषभदेव घिमिरे– ललितपुर, नेपाल

(–पुरस्कार प्रायोजकः ईश्वरी भट्ट)

तृतीय – आनन्द श्रेष्ठ – न्यू जर्सी,अमेरिका

(–पुरस्कार प्रायोजकः तीर्थराज अधिकारी)

तृतीय –मदन घिमिरे, कास्की, नेपाल

(–पुरस्कार प्रायोजकः सम्झना अर्याल)
तृतीय – सुन्दर शिरिष, सिन्धुपाल्चोक, नेपाल

(–पुरस्कार प्रायोजकः नेत्रवन्धु पोखरेल)

वि.सं.२०८० असोज ९ मंगलवार १५:०५ मा प्रकाशित

अनलाइनबाट सामान किन्दा यसरी ठगी गर्न सक्छन्, सचेत हुनुहोस्

अनलाइनबाट सामान किन्दा यसरी ठगी गर्न सक्छन्, सचेत हुनुहोस्

काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई...

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...