back
CTIZAN AD

अनेसास कविता महोत्सवमा अमेरिकावासी जगन्नाथ प्रथम

वि.सं.२०८० असोज ९ मंगलवार

1K 

shares

काठमाडौं । अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् ।

प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो ।

साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( न्यूजर्सी, अमेरिका), मदन घिमिरे (कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने एकसय एकजना कविले कविता वाचन गरेका थिए। जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।

पुरस्कृत

प्रथम– जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका

(–पुरस्कार प्रायोजकःतीर्थ पाण्डे)

द्वितीय – ऋषभदेव घिमिरे– ललितपुर, नेपाल

(–पुरस्कार प्रायोजकः ईश्वरी भट्ट)

तृतीय – आनन्द श्रेष्ठ – न्यू जर्सी,अमेरिका

(–पुरस्कार प्रायोजकः तीर्थराज अधिकारी)

तृतीय –मदन घिमिरे, कास्की, नेपाल

(–पुरस्कार प्रायोजकः सम्झना अर्याल)
तृतीय – सुन्दर शिरिष, सिन्धुपाल्चोक, नेपाल

(–पुरस्कार प्रायोजकः नेत्रवन्धु पोखरेल)

वि.सं.२०८० असोज ९ मंगलवार १५:०५ मा प्रकाशित

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

अर्थमन्त्रीलाई सांसद शाहीको आरोप– “तपाईकै कारण हजारौँ लगानीकर्ता संकटमा”

अर्थमन्त्रीलाई सांसद शाहीको आरोप– “तपाईकै कारण हजारौँ लगानीकर्ता संकटमा”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...