back
CTIZAN AD

अमेरिकामा पाँचौ नेपाली विवाह मेला सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ९ मंगलवार

858 

shares

विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा युवा नेपालीहरुद्वारा आयोजना भएको पाँचौ विवाह मेला सफलतापूर्वक सम्पन्न भएको छ । अमेरिकामा सम्भवत पहिलोपटक नेपालीहरूको पहलमा आयोजना भएको यो पहिलो बिहे मेला कार्यक्रम हो ।

कोभिड महामारीको कारण २ बर्ष सम्म बिबाह मेला स्थगित गरिएको थियो भने गत बर्ष आयोजना भएको भर्जिनिया राज्यकै मनासस शहरको नेपालीहरुले नै संचालन गरेको विनडम होटल (अतिथि गृह)मा कार्यक्रम ११ देखि ४ बजे सम्म सञ्चालन भएको थियो ।

पाँचौ पटक आयोजना गरिएको बिहे मेला यस वर्ष अझ सहभागिताको साथै मनोरञ्जन र उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रमका आयोजक मध्ये कै एक विपिन राज उप्रेतीले हरेक वर्ष यसको प्रचार प्रसार बढ्दै गएको र समुदायहरुले पनि चासो देखाउदै अवलोकन गर्न आएकोले खुसी लागेको बताए ।

उनले खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिने बताएका छन् । वेडिंग मेला (बिहे मेला) नेपालीहरुको जनघनत्व दिनहु वृद्धि हुदै गएकोले यो नेपाली समुदायको लागि आयोजना गरिएको उप्रेतीले जानकारी दिए । कोरोना महामारी सकिएकोले गत वर्ष भन्दा अझ यस वर्ष अझ थप आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदायहरू अभिरुचिपूर्ण रूपमा कार्यक्रम अवलोकन गर्न आएका थिए । मेलाको मुख्य उद्देश्य नै नेपाली उधमी÷व्यवसायीहरुलाई प्रवर्द्धन गर्नु पनि रहेको हो ।

यस पटक कार्यक्रममा १८ वटा बिक्रेता /उधमी/व्यवसायी/व्यापारीहरुले सहभागिता जनाएका थिए । त्यहाँ प्रदर्शनकक्ष राखेकालाई केहीलाई बिशेष उनीहरुले गरेको सहयोग र समर्थनको लागि प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रमस्थलका प्रदर्शन कक्षमा नेपाली तथा विदेशी व्यापारीहरूको समेतले सहभागिता जनाएका थिए । खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खानेकुराहरू चाख्नलाई निःशुल्क वितरण गरिएको थियो । र ,त्यहाँ आएका दर्शकले खानेकुराहरूको स्वाद लिएका थिए ।

विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने भएकोले प्रदर्शनमा समेत राखिएको थियो ।

यसवर्ष पनि, सजावटकर्ताहरु, गरगहना पसल, बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,दुलहा दुलहीका कपडाका व्यापारी, नेपाली परिकारका खाना, आपूर्तिकर्ताहरू, मेहन्दीवाला, नेपाली समुदायलाई चाहिने पण्डितहरुको सम्पर्क, केक पसलका व्यापारी, बिहेका फूलहरू आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि निर्मला देवी उप्रेतीले पानसमा बत्ती बाली अन्य आयोजक सहित गरेकी थिइन् । ग्यालेक्सी इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल ,फोटो पसलका सम्पूर्ण मानन्धर तथा विनडमको संयुक्त आयोजनामा विवाह मेला आयोजना भएको हो ।

उप्रेतीले सबैलाई बिशेष धन्यवाद दिदै अर्को साल मेलामा भेट्ने बचनबद्धता गरे ।

वि.सं.२०८० असोज ९ मंगलवार १४:५७ मा प्रकाशित

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...