back
CTIZAN AD

न्यूयोर्कमा शकुन ज्ञवालीको मुक्तक संग्रह “खबरमा छु प्रिय” सार्वजनिक

वि.सं.२०८० असोज ९ मंगलवार

753 

shares

काठमाडौं । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौं कृति मुक्तक संग्रह “खबरमा छु प्रिय” एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।

सेप्टेम्बर २३ मा न्यूयोर्कमा आयोजित एक कार्यक्रमकाबीच पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोईराला; कवि हनिफ मियाँको विशेष उपस्थितिमा उक्त संग्रहको विमोचन गरिएको हो ।

नेपाली साहित्य संगीतको मुहान पोखराबाट अमेरिका भ्रमणमा रहेका पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोईराला; कवि हनिफ मियाँको सो समारोहमा विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा तारा किशन फाउण्डेशनको तर्फबाट फाउण्डेशनका संस्थापक तारा धामी तथा कवि किशनसिंह धामीले कृतिकार शकुन ज्ञवालीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए । यसैगरी सप्तरंगी साहित्य प्रतिष्ठान पोखरा र पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कवि शकुन ज्ञवालीको सम्मान गर्दै दोसल्ला ,मायाको चिनो स्वरुप सम्मान पत्र पठाएको थियो ।

यसैगरी पोखराबाट आएका विशेष अतिथिहरु प्राज्ञ एवं लोक गायिका हरिदेवी कोईराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि दोसल्ला ,मायाको चिनो स्वरुप सम्मानपत्र प्रदान गरेका थिए । कवि शकुन ज्ञवालीलाई अनेसास न्यूयोर्कले पनि दोसल्ला र मायाको चिनो स्वरुप सम्मानपत्र प्रदान गरेको थियो ।

यसैगरि पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कलाकार मिलन शेरचनले मायाको चिनो र दोसल्ला पठाएका थिए ।

उक्त कार्यक्रममा सहभागी भएका अधिकांशले शकुन ज्ञवालीलाई दोसल्ला,माला,पुष्प गुच्छा र खादाद्वारा सम्मान गरेका थिए ।

अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष राजन महर्जनको सभापतित्व एवं न्यूयोर्कका कानून व्यवसायी कवि बिनोद रोकाको प्रमुख आतिथ्यतामा ४ घण्टा सम्म संचालन भएको सो कार्यक्रममा नेपाली साहित्यानुरागीहरुको भव्य उपस्थिति रहेको थियो ।

कृतिको समिक्षा साहित्यकार रस्मि भट्टले गर्नु गरेकी थिइन्। कार्यक्रमको उद्घोषण संचालन अनेसास न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र महासचिव जानुका वस्ती ढकालले गरेका थिए ।

सोही अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोईराला; कवि हनिफ मियाँलाई अनेसास न्यूयोर्क च्याप्टर र कलाकारसंघले सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा वरिष्ठ लोक गायिका हरिदेवी कोईरालाले पनि कवि त्रय शकुन,लक्ष्मी तथा नादियालाई मिलन शेरचनले पठाएको मायाको चिनो तथा वहाले समेत मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए ।

वि.सं.२०८० असोज ९ मंगलवार १४:४६ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...