back

सरकार र राहत शिक्षकबीच भएको सहमतिमा के–के छ त ?

वि.सं.२०८० असोज १३ शनिवार

147 

shares

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग शुक्रबार सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो । सहमतिपछि समितिको आन्दोलन फिर्ता भएको छ ।

सहमति बमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न र सेवा अवधि पनि शत प्रतिशत जोड्न संशोधन प्रस्ताव गर्ने उल्लेख छ । यसैगरी साविक उच्चमाविका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा र बाल विकासका शिक्षकलाई दरबन्दीका कायम गर्ने पनि सहमति भएको छ ।

यही असोज ५ गते भएको महासङ्घसँगको सहमतिमा असन्तुष्ट भई समितिले लगातार सडक आन्दोलन गरेको थियो । सो दिनको सहमतिमा ७५ प्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गराउने जनाइएको थियो भने विधेयकमा ५० प्रतिशत प्रस्ताव गरिएको छ ।

 

वि.सं.२०८० असोज १३ शनिवार ०८:१० मा प्रकाशित

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...