
म्यामराज राई, भोजपुर, हाल -जापान
‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ । छोड्नुहोस् न ’ पुतलीले जिम्दारसित आफ्नो अस्मिताको भिख मागी ।
‘हँं ! पानी पो नचल्न्या त ।’ जिम्दारको पागलपन बोल्यो ।
हरेक शनिबार जिम्दार सिकार खेल्न जङ्गल जान्थ्यो । त्यो दिन पुतलीको साथीहरू भने बालबाल जिम्दारको हातबाट उम्किन सके । सिधा प्रहरी चौकी जान पनि दिमागले अह्राएछ । केही डोका र हंसियाहरू रोइरहेका थिए ।
प्रहरी टोलीको साथमा वडाध्यक्ष समेत घट्नास्थल तुरुन्त पुग्यो ।
‘छोरो ! यो के गर्याको ? म तेरो बाउ हैन र !’ हातमा हत्कडी लागेपछि जिम्दारको बोली थियो यो ।
‘अहिले साइनो गन्ने बेला हैन । कानुनी राज्यमा सबै समान ।’ वडाध्यक्ष कड्कियो ।
वि.सं.२०८० असोज १३ शनिवार ०८:०२ मा प्रकाशित