back
CTIZAN AD

गजल

वि.सं.२०८० असोज १३ शनिवार

1.9K 

shares

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं

हराएछ मान्छे समरमा कतै
भुलेको छ बाटो सफरमा कतै

छ पैदल हिँडेको प्रिया भेट्न ऊ
बिझेको छ काँडा पयरमा कतै

सधैँ धर्मको युद्ध भो देशमा
नयाँ धर्म आयो खबरमा कतै

यहाँ धरहराको कथा बन्छ अब
बनेको छ अग्लो सहरमा कतै

अधर चुम्न खोजेर उनले यहाँ
खुबै लाज लाग्यो नजरमा कतै

बहरः मुतकारिब मुसम्मन महजुफ
अर्कानः १२२ १२२ १२२ १२

वि.सं.२०८० असोज १३ शनिवार ०८:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...