back
CTIZAN AD

कविता : लख मात्र काट्ने हो

वि.सं.२०८० असोज १३ शनिवार

2.2K 

shares

ओम आचार्य, अर्घाखाँची

आगोको विउ रोपेर
सुडौला जिउ बनाउन आरन थापेकाहरू
सपनाको धाउ पिट्दा पिट्दै
एक दिन आगलागीमा पर्नेछन् ।

अनुमानको खेती गर्नेहरूलाई
मौसमले साथ देला नदेला
यसै भन्न सकिएन
लख मात्र काट्ने हो ।

आगोमा घिउ थप्न
कर्चुली हातमा लिएर बसेकाहरू
हर्पेको घ्यू सकिएको थाहा पाएर
पैँचो खोज्न हिड्ने छन् छिमेकतिर ।

तमासामा आशा टाँगेर बसेकाहरू
बास्सा ! भन्दै हौसिने छन्
मौकामा चौका लाग्छ कि भनेर ।

हलीहरूको रिस
गोरुहरूको डडाल्नोमा पोखिएर
सिप्किना भाँचिने छन् ।

भएको भूगोल
सकिने छ भएर गोल
र यौटा नयाँ नक्सा जारी हुनेछ बोलकबोल
त्यो बेला
गुरु चेला
हुर्मत ककस्को लेला
देखिएला नदेखिएला
यसै भन्न सकिएन
लख मात्र काट्ने हो ।

 

वि.सं.२०८० असोज १३ शनिवार ०८:०१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...